सरकारमा सहभागी हुने जसपाको तयारी, बालुवाटारमा अन्तिम छलफल काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुर र महतोसँग भेटघाट जारी छ।जसपाका एक सांसदका अनुसार सरकारमा सहभागी हुनेबारे अन्तिम छलफल भइरहेको छ। ती सांसदले भने, ‘सरकारमा जाने तय भएको छ।१० मन्त्रालयमा हाम्रो दाबी छ।’ मन्त्रालयबारे टुंगो लागेपछि भोलिसम्म सरकारमा सहभागी हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्