लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२/६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताए। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिले सङ्घीय संसदमा ३३ प्रतिशत, प्रदेशमा त्योभन्दा बढी र स्थानीय तहमा ४१ प्रतिशत महिला सहभागिता रहेको बताउँदै एक तिहाइ महिला सहभागिताको विषयलाई प्रभावकारी बनाउन आवश्यक रहेको जिकिर गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्