प्रतिनिधिसभा विघटनविरुद्धका रिट : सैद्धान्तिक सुनुवाइ नै शुरु भएन काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ शुरु नभई इजलास गठनकै विषयमा विवाद उत्पन्न भएको छ। उक्त विवादको सुनुवाइ ‘हेर्दादेहै’मा मङ्गलबारका लागि तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठनकै विषयमा प्रश्न उठाइएपछि सैद्धान्तिक छलफलमा प्रवेश हुन नपाएको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्