कांग्रेसद्वारा राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग कैलाली। नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले जारी निषेधाज्ञाका कारण प्रभावित भएका मजदूर वर्गका लागि राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गरेको छ। काँग्रेस सुदूरपश्चिम संसदीय दलको आज बसेको बैठकले कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले प्रभावित भएका ज्याला गरेर खाने मजदूर वर्गका लागि तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्