प्रधानमन्त्री ओली भन्छन्- लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुँदैन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने बताएका छन्।आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले ओलीले भने, "गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन। हामी गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं। सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहित सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू,महिला,बालबालिका,पछाडि परेका र पारिएका समुदायहरुबीच हुने विभेद र बहिस्करणविरुद्धमा रहेका छौं।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्