अमेरिकी विदेश मन्त्रालय पुग्यो राष्ट्रपति भण्डारीले बाइडेनलाई लेखेको पत्र काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लागि आवश्यक कोरोना खोप मागगरी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्र अमेरिकी विदेश मन्त्रालयले बुझेको छ। अमेरिकाका लागि नेपाली राजदुत युवराज खतिवडाले पत्र शुक्राबार अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिङ्गालाई बुझाएका हुन्। भेटमा राजदुत खतिवडाले सहयोग र खरिद दुवै प्रक्रियाबाट खोप उपलब्ध गराउन अनुरोध गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्