सार्वभौम समानता, समझदारी र सहकार्यका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध बनाइने : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा दायित्व र न्यायमा आधारित हुने बताएका छन्। “नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सार्वभौम समानता, विश्वास, समझदारी र सहकार्यका आधारमा छिमेकी तथा मित्रराष्ट्रहरुसँग सम्बन्ध सुदृढ बनाइनेछ,” आज राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने। उनले भारतसँग कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्ने जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्