सभामुख र संविधानविदहरूको छलफल जारी काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्