राष्ट्रपतिद्वारा चिनियाँ र भारतीय समकक्षीसँग कोभिड भ्याक्सिनका लागि आग्रह काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग मौखिक र भारतीय समकक्षीसँग पत्राचारमार्फत कोभिड भ्याक्सिनका लागि आग्रह गरेकी छिन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार उनले चिनियाँ समकक्षी सि जिनपिङसँग झन्डै एक घन्टा फोनवार्ता गरेकी थिइन् भने भारतीय राष्ट्रपति रामनाथ कोबिंदलाई पत्र लेखेर आग्रह गरेकी हुन्। उनले दुवै छिमेकी देशका समकक्षीसँग कोभिड महामारी विरूद्ध एकजुट हुन आब्हान गरेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्