राजनीतिलाई सही ट्रयाकमा ल्याउन ओलीकै खोजी हुन्छः मुख्यमन्त्री पोखरेल काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली राजनीतिलाई सही ट्रयाकमा ल्याउन सबैले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गर्ने बताएका छन्।सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्,"प्रधानमन्त्री ओलीकाविरुद्धमा जस्तै अढाईदशक पहिले गिरिजाप्रसाद कोइरालाकाविरुद्धमा पनि यस्तै प्रचारबाजी भएको थियो। उक्त प्रवृतिले मुलुक वहुआयामिक द्वन्द्वको शिकार बनायो।पछि राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले कोइरालाकै खोजी गर्‍यो।नेपाली राजनीति पुनः त्यही बाटो हिड्न लागिरहेको भान भइरहेको छ।"
प्रतिक्रिया दिनुहोस्