सभामुख अग्नि सापकोटाले पूर्वसभामुखसँग परामर्श गर्ने काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्ने भएका छन्। संघीय संसद सचिवालयमा दिउँसो १ बजे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका हुन्। जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाका विषयमा छलफल हुने भएको हो। २०४८ सालपछिका सभामुखहरु दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्