जसपा उपेन्द्र पक्षको निर्देशन-प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई प्रतिवाद गर्नु काठमाडौं। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ। आज अध्यक्ष उपेन्द्र यादवले पार्टी परिपत्र जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको पालना नगरेको भन्दै पार्टीका सम्पूर्ण तह र जनसंगठनलाई निर्देशन दिएका हुन्। "पार्टीको कुनै सदस्य ओली नेतृत्वको सरकारमा सहभागी भए स्वतः निष्काषित हुने निर्णय गरिएको छ," जारी परिपत्रमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्