नागरिकता अध्यादेशबारे अनर्गल प्रचार भयोः महान्यायाधिवक्ताको कार्यालय काठमाडौं।महान्यायाधिवक्ताको कार्यालयले नागरिकतासम्बन्धी अध्यादेशमा अनर्गल प्रचार भएको बताएको छ। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले नेपालको संविधानलाई कार्यान्वयन गर्न कानून नबनेका कारण अध्ययादेश जारी भएको बताए।“अहिले संविधान र अध्ययादेशमा के छ भन्ने थाहा नभएका र थाहा हुनेले पनि स्वार्थ केन्द्रित रुपमा गलत प्रचार गरिरहेको र अर्को सबै नकारात्मक कुरा बोकेर हिँड्ने व्यक्तिका कारण नकारात्मक सन्देश समाजमा फैलाउने कोशिस भईरहेको छ’,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्