देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी काठमाडौं। संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दैै एमालेका माधव नेपाल समूहका ३० जना सांसदले हस्ताक्षर गरेका छन्। आज सिंहदरबारमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जान कागजात तयार पार्दासम्म एमालेको माधव समूहका ३० जना सांसद पुग्ने एक सांसदले दाबी गरे। उनले भने,“सुरेन्द्र पाण्डे देखिनु भएको छैन,अरु सांसदहरु भने उपस्थित हुनुभएको छ,अरु पनि आउँदै हुनुहुन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्