परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकासँग मागे कोरोना खोप, अमेरिकाले भन्यो– सहयोगको लागि हामी प्रतिबद्ध छौं काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस विरुद्धको खोप नेपाललाई उपलब्ध गराउन अमेरिकासँग अनुरोध गरेका छन्। आज बिहान अमेरिकी उप–विदेशमन्त्री वेन्डी शेरमेनसँग भएको टेलिफोन वार्तामा उनले कोरोना खोप मागेका हुन्। मन्त्री ज्ञवालीले नेपाललाई उच्च प्राथमिकतामा राखी खोप उपलब्ध गराउन अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जवाफमा अमेरिकी उपविदेशमन्त्रीले कोरोना विरुद्ध लड्न नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्