बागमती प्रदेशसभाको बैठक आह्वान हेटौंडा। बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन यही जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति,कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्न प्रदेश प्रमुख प्रसाईंले बैठक आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्