महन्थ ठाकुरले भने- उपेन्द्र पक्षको कार्यकारिणी बैठकबाट गरिने सबै निर्णय अमान्य काठमाडौं। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठकबाट गरिएको सबै निर्णय महन्थ-राजेन्द्र पक्षले अस्वीकार गरेको छ। आज अपरान्ह बबरमहलस्थित पार्टी कार्यालयमा महन्थ-राजेन्द्र पक्षको बैठकले उपेन्द्र पक्षको कार्यकारिणी बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने भन्दै निर्वाचन आयोगलाई जानकारी गराएको जनाएको छ। हिजो उपेन्द्र पक्षको कार्यकारिणी बैठकले महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्