अत्ति भयो, स्पष्टिकरण हेरेर अबिलम्ब कार्वाही हुन्छ : प्रधानमन्त्री काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षलाई स्पष्टिकरणको जवाफका आधरमा अविलम्ब कार्वाही गर्ने बताएका छन्। उनले भने, ‘‘अत्ति नै भयो। सधैं पार्टीभित्र गुटबन्दी गर्ने, पार्टीलाई गुटहरुको मोर्चाका रुपमा लैजाने, पार्टी कब्जा गर्ने नियतभन्दा बाहिर कहिल्यै पनि देखिएन। सबै किसिमका अस्वस्थ काम गर्ने। विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन निलज्ज भएर कुदेका छन्। स्पष्टीकरण हेरेर तद्अनुसर अबिलम्ब कारवाही हुन्छ।’
प्रतिक्रिया दिनुहोस्