प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले भोलि १० बजे रिट दर्ता गर्ने काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालतमा भोलि १० बजे रिट दर्ता गर्ने भएको छ। आज हस्ताक्षर र सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले भोलि १० बजे मात्र दर्ता हुने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए। उनले भने, ‘सर्वोच्च अदालतमा रिट दर्ता गर्न केही प्रक्रिया अझै पूरा भएको छैन, हस्ताक्षर सबै संकलन भइसकेको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्