विष्णु रिजालको प्रश्न–नेपालमा दुई एमाले चल्लान र ? काठमाडौं।एमालेका युवा नेता विष्णु रिजालले नेपालमा दुई एमाले चल्न नसक्ने भन्दै पार्टीभित्रै विवाद समाधान गर्न नेताहरुलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन।नबिर्सौं– विगतमा दुई कांग्रेस, दुई एमाले, दुई माओवादी, दुई राप्रपा,दुई मधेसी दल,दुई विवेकशील साझासमेत चलेनन्। फेरि दुई एमाले चल्लान् र ?' उनले एमालेभित्रै कार्यकर्तासम्म पुग्ने अधिकार उपयोग गर्न आग्रह समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्