आन्दोलन होइन, अब चुनावमा जाऔँ : बिजुक्छेँ भक्तपुर। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन्। राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा गरेकोमा त्यसमा विरोधको कुनै अर्थ नभएको उनको तर्क छ। नेमकिपाले निर्वाचनको पहिले स्वागत गर्ने जनाउँदै उनले थपे, “सबै दलहरूमा अनुशासन भंग भयो, शासक दलहरू मुख्य जिम्मेवार हुन्, दलहरूलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानैपर्छ।” (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्