सभामुख सापकोटा भन्छन्- प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा असंवैधानिक हो काठमाडौं। सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणालाई असंवैधानिक भनेका छन्। आज विज्ञप्ती जारी गर्दै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन उनले आह्वान गरेका छन्। "संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठन र प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा पनि प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु संवैधानिक कदम मान्न सकिदैन," विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्