निर्वाचन आयोगले भन्यो, तोकिएको समयमा निर्वाचन गर्न तयार छौं काठमाडौं। निर्वाचन आयोगले तोकिएको मितिमा निर्वाचन गराउन तयार रहेको बताएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले यस्तो बताएका हुन। आजको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका थिए। प्रतिनिधिसभा विघटन भएपछि कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्