के कारबाही हुन्छ त हस्ताक्षर दुरुपयोग भएका एमाले सांसदलाई? काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर दुरुपयोग भयो भन्ने नेताहरुलाई एमालेले कारबाही नगर्ने भएको छ। एमाले नेता एवं प्रमुख सचेतक विशाल भट्टराईले भने,"आन्तरिक मतभेद भएपनि उहाँहरु पार्टी एकताको पक्षमा उभिनु भएको छ। आन्तरिक छलफलबाट उहाँहरुलाई पार्टी जिम्मेवारी दिनेछ।" अन्य सांसदलाई भने स्पष्टीकरण सोध्ने तयारी भइरहेको उनले बताए। सात जना सांसदले हस्ताक्षर दुरुपयोग भएको बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्