एमाले बागमती प्रदेश कमिटीले १४ जना सांसदलाई सोध्यो स्पष्टीकरण हेटौडा। नेकपा एमाले बागमती प्रदेश कमिटीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै १४ जना सांसदसँग स्पष्टीकरण माग गरेको छ। आज बसेको प्रदेशको संसदीय बोर्डका बैठकले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल लगायतसँग स्पष्टीकरण मागेको हो। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्