सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान्छौँ : प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने बताएका छन्। सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री नियुक्तका लागि दिएको हस्ताक्षरसहित अदालत जाने बताएका हुन। उनले भने, "हामी फेरी अदालत जान्छौ। हिजो संसदभित्रै अर्को विकल्प भएको प्रमाणित भएजस्तै फेरि पनि प्रतिवाद गर्छौं। अदालतले फेरि लोकतन्त्र र संविधानको पक्षमा र निरंकुशताको विपक्षमा निर्णय गर्ने अपेक्षा छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्