बहुमत सदस्यको हस्ताक्षर लिएर नेताहरु शीतलनिवास काठमाडौं। बहुमत सदस्यको हस्ताक्षर लिएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव शीतल निवास प्रस्थान गरेका छन्। सिंहदरवारको बैठक सकेर उनीहरु सिधै शीतल निवास हिँडेका हुन। उनीहरुले १३९ जना बहुमत सदस्यको हस्ताक्षरसहित गएका हुन्।
प्रतिक्रिया दिनुहोस्