माधव समूहको भेलामा कांग्रेस, माओवादी र जसपाका सांसद पनि सहभागी काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको भेलामा माओवादी केन्द्र र कांग्रेसका सांसदहरु पनि पुगेका छन्। सिंहदरबारमा आधा घण्टादेखि माधव समूहका सांसदहरुको बैठक चलिरहेको छ।उक्त भेलामा माओवादीका वर्षमान पुन र कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड पनि पुगेका छन्।जसपाका सांसद मोहम्मद इस्तियाक राई पनि भेलामा सहभागी भएका छन्। देउवा निवास बुढानिलकण्ठमा पनि यसअघि देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्