पुनः प्रधानमन्त्रीमा दाबी गर्ने तयारीमा छुः प्रधानमन्त्री ओली काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पुनः संविधानको धारा ७६(५) अनुसारको सरकारको नेतृत्वका लागि दाबी गर्ने तयारीमा रहेको बताएका छन्। उनले आफूसँग सरकार गठनका लागि १२१ सिट रहेको भन्दै सरकार बनाउन पुग्नेगरी समर्थन आवश्यक रहेको बताए। उनले आफूले बहुमत रहेको दाबी पेस गर्न सक्ने र राष्ट्रपतिले भरपर्दो आधार लागेमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि एक महिनामा विश्वासको मत लिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्