मलाई सरकार चलाउँनु छैन, त्यसैले विश्वासको मत मागिनँ : प्रम ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नभएका कारण आफूले विश्वासको मतको झन्झटतिर नलागेको बताएका छन्। उनले कसैले सरकार चलाउन पनि नदिने र समर्थन, सहयोग पनि नगर्ने अवस्थामा विश्वासको मत माग्नुको अर्थ नभएको बताए। उनले विरोधका लागि विरोधको अवस्थामा मात्रै सरकार चलाउन नसकिने भएकाले आफूले अर्को प्रक्रिया सुरु गर्न राष्ट्रपतिसँग आग्रह गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्