जसपा संसदीय दलको बैठक सुरु, उपेन्द्र पक्ष अनुपस्थित काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको एक सांसदले जानकारी दिए। बैठकमा उपेन्द्र पक्षका सांसदहरू अनुपस्थित छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नेबारे निर्णय गर्न सक्ने सम्भावना छ। नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष एमाले र जसपाले दाबी गर्ने तयारी भएको जसपा श्रोतले देखापढीलाई बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्