माओवादी केन्द्रका शीर्ष नेता आन्तरिक छलफलमा काठमाडौं।नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।गोरखा पुगेका नेता नारायणकाजी श्रेष्ठ काठमाडाैं फर्केसँगै आन्तरिक छलफलमा जुटेका हुन्।“प्रतिगमन र निरंशकुशतालाई परास्त गर्न छलफलमा छौं’,नेता श्रेष्ठले भने। पार्टीमा औपचारिक छलफलका लागि भने कुनैपनि जानकारी नआएको स्थायी कमिटी सदस्य गणेश शाहले बताए। उनले भने,“शीर्षस्थ नेतृत्वमा नै छलफल गर्ने भन्ने त होला, तर कुनैपनि बैठक बस्ने भन्ने सम्बन्धमा अहिलेसम्म जानकारी आएको छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्