भोलि साँझसम्म संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान काठमाडौं। भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज आह्वान गरेकी छिन्। प्रधानमन्त्रीले नेपालको संविधानको धारा ७६ उपधारा (४) बमोजिम विश्वासको मत नलिने भनी मार्ग प्रशस्त गरेपछि उपधारा (५) बमोजिम सरकार गठनका लागि आह्वान भएको हो। भोलि ५ बजेसम्म वैकल्पिक सरकार गठनका लागि विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरिसक्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्