महन्थ र राजेन्द्र प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै जसपाका ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्। केहीबेर अघि ठाकुर र महतो बालुवाटार आइपुगेको प्रधानमन्त्रीको सचिवालय श्रोतले जानकारी दिएको छ। के विषयमा छलफल भइरहेकोबारे खुलेको छैन। तर, मन्त्रिपरिषद बैठक लगत्तै भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्