सातजना मन्त्रीको नियुक्त बदरबारे सर्वोच्चमा सुनुवाइ हुँदै काठमाडौं। सातजना गैरसांसद मन्त्रीहरुलाई पदमुक्त गर्न माग गर्दै दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ। आज प्रधानन्यायाधीश चालेन्द्र शम्सेर जबराको इजलासमा सुनुवाइ हुँदैछ। गैरसांसदलाई मन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएकाले अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। हाल मन्त्रिपरिषदमा अहिले सातजना गैरसांसद मन्त्रीहरु छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्