राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा २ जनाको उम्मेदवारी दर्ता दाङ। लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि दीर्घनारायण पाण्डेय र चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको छ। नेकपा एमालेको तर्फबाट खड्का र कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको तर्फबाट पाण्डेयले उम्मेदवारी दिएका हुन्। पाण्डेय र खड्का दुवै यस अघि लुम्बिनी प्रदेशसभा सदस्य थिए। पाण्डेयले सांसदबाट राजिनामा दिएर कांग्रेस प्रवेश गरेका हुन भने खड्कालाई भने एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्