जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बस्ने काठमाडौं।जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बस्ने भएको छ।आज अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै कार्यकारिणीको बैठक जेठ ८ र ९ मा बस्ने जानकारी गराएका हुन्।वक्तव्यमा भनिएको छ,“देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार विमर्ष गरी निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्