उपनिर्वाचनमा सहयोग माग्दै माधव नेपाल निवास पुगे गृहमन्त्री थापा काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादल एमाले नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्। ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार रहेका बादल सहयोग माग्दै नेपाल निवास पुगेका हुन्। यसअघि पार्टीमा विवाद भएकै समयमा नेपाल पक्षसहित कांग्रेस, माओवादी केन्द्र लगायतले डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। नेपाल निवासमा आज बादल जानुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्