जसपाले भन्यो,‘आफ्नै नेतृत्वमा सरकार बनाउन अघि बढ्छौं’ काठमाडौं। जनता समाजवादी पार्टीले आफ्नै पार्टीको नेतृत्वमा सरकार बने मात्रै नयाँ सरकार गठनमा लाग्ने जनाएको छ। आज जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। आठ बुँदे पत्रमा पार्टीभित्र देखिएको समस्यालाई विधान अन्तर्गत नै रहेर समाधान खोजिने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने उल्लेख छ। पार्टीविरुद्धका गतिविधि र अभिव्यक्तिहरु सबै बन्द गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्