राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मतदान गर्ने माओवादी केन्द्रको निर्णय काठमाडौं। माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्ने निर्णय गरेको छ। आज माओवादी केन्द्रका बाग्मती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै मतदान गर्न आह्वान गरेका हुन्। विज्ञप्तिमा ‘प्रदेशसभाका सदस्यहरु, महानगरपालिका, उपमहानगर, नगरपालिका/गाउँपालिका प्रमुख/उपप्रमुखलाई कलम चिन्हमा मतदान गरी विजय गराउन अनुरोध गर्दछौं’, भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्