पदमुक्त चारजना सांसदहरुको मुद्दा सर्वाेच्चमा सुनुवाइ हुँदै काठमाडौं। लुम्बिनी प्रदेशसभाबाट पदमुक्त भएका चारजना मन्त्रीहरुको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ। आइतबार चारैजना मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेशसभा सचिवालय र जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए। उनीहरुले यसअघि पनि सर्वोच्चमा मुद्दा दायर गर्न खोजेका थिए । तर काठमाडौंमा निषेधाज्ञाका कारण हुन सकेको थिएन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्