कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भयो : रामचन्द्र पौडेल काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन्। आज कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, “सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन, सरकारले खोप ल्याउन सकेन।” सरकारले अन्तर्राष्ट्रिय सहयोग पनि जुटाउन नसकेको भन्दै भूकम्पका बेला आफूहरुले अन्तर्राष्ट्रिय सहयोग ल्याएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्