बाबुराम-उपेन्द्र पक्षको निष्कर्ष : राजेन्द्र महतो संसदीय दलको नेता बन्नु 'अवैधानिक' काठमाडौं। जसपाको बाबुराम-उपेन्द्र पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई अवैधानिक बाटोबाट संसदीय दलको नेता बनाइएको ठहर गरेको छ। आज बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले विधानविपरीत महतो दलको नेता बनेकाले अवैधानिक भएको केन्द्रीय कार्यकारिणी सदस्य रामसहाय यादवले बताए। उनले भने, “पहिले संसदीय दलले पारित गर्नुपर्छ। त्यसपछि केन्द्रीय समितिले अनुमोदन गर्छ।” बैठकले जसपा सांसदलाई रिसोर्टमा थुनिएकोप्रति आपत्ति जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्