बाबुराम-उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु काठमाडौं। जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। आज बालकुमारीस्थित पार्टी कार्यालयमा राजधानीमा उपलब्ध कार्यकारिणी समितिको बैठक सुरु भएको सदस्य रेणु यादवले जानकारी दिइन्। महन्थ पक्षको बहुमत सांसद सदस्यहरुले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो। पार्टीको विधानअनुसार संसदीय दलको बैठक नै नबसी महतोलाई नेता चयन गरेकोमा उपेन्द्र पक्षको आपत्ति छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्