परराष्ट्र मन्त्रालयद्वारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस
काठमाडौं। तीन वर्षदेखि रिक्त रहेका विभिन्न ११ देशका लागि परराष्ट्र मन्त्रालयले राजदूत नियुक्ति गर्न सिफारिस गरेको छ। मन्त्रालयले दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई फिर्ता बोलाइएका अष्ट्रेलिया लगायत अन्य देशका लागि राजदुत नियुक्तिको सिफारिस गरेको हो। पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ती देशहरुका लागि एकमुष्ट राजदूत नियुक्तिका लागि सिफारिस गरेर पठाइएको बताए।
प्रतिक्रिया दिनुहोस्
