राप्रपाको महाधिवेशन अनिश्चितकालको लागि स्थगित काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित गरिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ। राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो। राप्रपा अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्