एमाले विवाद मिलाउन सिंहदरबारमा वार्ता सुरु काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद मिलाउन कार्यदलका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल वार्तामा बसेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता भइरहेको छ। वार्तामा संस्थापन पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन्। त्यस्तै नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्