कोरोना नियन्त्रणमा सरकार गम्भिर भएनः कांग्रेस सभापति देउवा काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।आज विज्ञप्ति जारी गर्दै उनले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेका छन्। "सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरि नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन," उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्