शिक्षा मन्त्रीद्वारा पदभार ग्रहण
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गरेका छन्। सो अवसरमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्( सिटिइभीटी)को सन् २०२१–२०२५ को पाँचवर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरेका छन्। उनले कक्षा १०को एसईई र १२ को परीक्षाको मोडलको विषयमा चाडै नै निर्णय गर्नुपर्ने समेत बताए।
प्रतिक्रिया दिनुहोस्
