एमाले मिलाउने कार्यदलमा को-को छन् ? काठमाडौं। नेकपा एमालेको विवाद मिलाउनको लागि संस्थापन पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल रहेका छन्। अन्य दुईजनाको नाम पछि थप गरिने बताइएको छ। त्यस्तै नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन्। आज साँझ यिनै नेताहरुसहित एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच वार्ता हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्